पन्जाबले हैदरावादलाई पाँच विकेटले हरायो — OSNepal

पन्जाबले हैदरावादलाई पाँच विकेटले हरायो

LC (KTM) May 23, 2022 0

काठमाडौं, ९ जेठ : अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेसँगै पञ्जाव किङ्सले छैटौं स्थानमा रहँदै इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिता टुङ्ग्याएको छ ।लिग चरणको अन्तिम खेलमा हैदराबादले दिएको १५८ रनको लक्ष्य पञ्जावले १५.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेेकाे हाे ।

पञ्जावको जितमा लियम लिभिङ्स्टोनले सर्वाधिक ४९ रन बनाए । उनले २२ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे ।यस्तै, शिखर धवनले ३९ रन बनाउँदा जोनी बेरेस्टोले २३ सँगै साहरुख खान र जितेश शर्माले समान १९ रन बनाए ।

हैदराबादका फजालहक फारुकीले दुई विकेट लिए । यस्तै, वासिङ्टन सुन्दर, जगदिस सुचिथ र उम्रन मलिकले समान एक विकेट लिए ।यसअघि टस जितेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको थियो ।

हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४३ रन बनाएका थिए । यस्तै, रोमारियो सेफर्डले २६, वासिङ्टन सुन्दरले २५ र आइदेन मार्करमले २० रन बनाएका थिए ।पञ्जावका नाथन एलिस र हरप्रित ब्रारले समान तीन विकेट लिँदा कगिसो रबाडाले एक विकेट लिएका थिए ।

जितसँगै १४ खेलबाट १४ अंक जोडेको पञ्जाव तालिकाको छैटौं स्थानमा उक्लियो । यस्तै, समान खेलबाट १२ अंक जोडेको हैदरबादले भने आठौं स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर