परिवारका सदस्य मात्रै सहभागी भइ बिहे गर्दे अर्जुन र मलाइका अरोरा — OSNepal

परिवारका सदस्य मात्रै सहभागी भइ बिहे गर्दे अर्जुन र मलाइका अरोरा

LC (KTM) May 23, 2022 0

एजेन्सी । भारतीय अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरले लामो समयको प्रेम सम्बन्धपछि विवाह गर्ने भएका छन् । निकै लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले आफूहरु प्रेम सम्बन्धमा रहेको’ गोप्य नराखी सबै माँझ सार्वजनिक गरेका थिए । तर, अब मलाइका र अर्जुनले आफ्नो प्रेम सम्बन्धलाई विशेष नाम दिन लागेको खबर भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनीहरुले विवाहको मिति सार्वजनिक नभए पनि उनीहरुले नोभेम्बर वा डिसेम्बर महिनामा विवाह गर्ने पक्का भएको छ । मलाइका र अर्जुनका अनुसार उनीहरूले आफ्नो विवाहमा धेरै मान्छे नबोलाउने र आफ्नो परिवारका सदस्यलाई मात्रै सहभागी गराउने बताएका छन् । राजधानि दैनिकमा खबर छ । अहिले सामाजिक सञ्जालमा मलाइका र अर्जुनको विवाहको खबरले निकै चर्चा पाएको छ ।

मलाइकाले केही समय अगाडि अभिनेता सलमान खानका भाइ अरबाज खानसँग सम्बन्ध बिच्छेद गरेर बसेकी हुन् । उनीहरुको एक छोरा पनि छन् । मलाइकाले अर्जुनसँग गर्न लागेको यो दोस्रो विवाह हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर