सिडी विजय अधिकारीको 'अबिरल मायाको कोशेली'मा सुधिर र अश्विनी — OSNepal

सिडी विजय अधिकारीको ‘अबिरल मायाको कोशेली’मा सुधिर र अश्विनी

LC (KTM) May 23, 2022 0

काठमाडौँ । भ्वाइस अफ नेपालबाट थप चर्चा कमाएका गायक तथा संगीतकार सिडी विजय अधिकारीको स्वर र संगीत रहेको अर्को गीत अबिरल मायाको कोशेलीको भिडियो सार्वजनिक भएको छ ।

गीतकार पुनम मोथेको शब्द, अभिजङ्ग क्षेत्रीको संगीत संयोजन रहेको छ । सुधिर श्रेष्ठ र अश्विनी शाहीको धमाकेदार अभिनय रहेको गीतको भिडियोको निर्देशन सन्तोष राजबहाकले गरेका हुन् ।

ज्ञानेन्द्र शर्मा हुमागाइंको छायांकन तथा दिन्सन शाहको सम्पादन रहेको भिडियोमा एक प्रेमिल जोडीको माया प्रेम र विछोडको कथालाई देखाइएको छ ।

सुन्दर मनछुने कथाबस्तु रहेको म्युजिक भिडियो पूनम मोथे अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ। हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर