पशुपतिनाथले हामीसबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल — OSNepal

पशुपतिनाथले हामीसबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

LC (KTM) June 14, 2021 0

मेषः– लक्ष्य प्राप्तिको लागि मन,वचन र कर्मले लाग्नु होला । साथी भाई इष्टमित्रको भर पर्दा उपलब्धि गुमाउनु पर्ने अवस्था आउन सक्छ । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । नोकरी तथा राजनीति क्षेत्रबाट उपलब्धि कम हात लाग्नेछ । पहिचान नभएको विषय बस्तुमा लगानी नबढाउनु होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।

वृषः– दिन अनुकुल नै देखिन्छ । समयको महत्वलाई कत्ति पनि नभुल्नु होला । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । जति सक्रिय भएर लाग्यो उत्ति नै आफुलाई फाइदा हुनेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । यात्राको योग देखिन्छ । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । पेशा परिवर्तनको चाहान बढ्नेछ । साथी भाई सामान्य सहयोग मिल्नेछ ।

मिथुनः– दिन सहज देखिदैन । प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ला । काममा बाधा व्यवधान आउने छन् । कार्य लगनशिलता बढाउनु होला । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ । खर्च नियन्त्रणमा जोड दिनुहोला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । आपतमा सहयोग गर्ने कोहि हुने छैनन । मिथ्या अरोप लाग्न सक्छ ।

कर्कटः– समयले साथ दिनेछ काम गर्दा कत्ति पनि ढिलो नगर्नु होला । ढिलो गरेमा उपलब्धि गुम्नेछ । लगनशिल भई गरेका अधिकाँश कामबाट लाभान्वित हुनुहुनेछ । सहयोगको आशा धेरै नराख्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट मुनाफ धेरै हुनेछ । पढाई लेखाईमा खासै ध्यान जाने छैन । पारिवारिक सहयोग सामान्य मिल्नेछ ।

सिंहः– आत्म विश्वास,कार्य क्षमता र लगनशिलता बढ्नेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट मुनाफा । गएका ठाँउमा आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । सामाजिक दायित्व बढ्नेछ

कन्याः– समयको गति सगै काममा सुधार आउनेछ । गतिरोधहरु विस्तारै हटेर जाने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्नु होला आँशिक भए पनि सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको योग देखिन्छ ।

तुलाः– समयले कम साथ दिनेछ । काम गर्ने वातावरण मिलाउन सकिने छैन । मन अस्थिर बन्नेछ । गलत चिन्तनको शिकार भईनेछ । परिश्रमको प्रतिफल कम मिल्नेछ । धार्मिक विश्वास घट्नेछ । यात्रा कष्टपूर्ण हुनेछ । पठन पाठनमा भने सुधार आउनेछ । कुनै पनि काम गर्दा आफ्नो इज्जतको ख्याल राखेर गर्नु होला । अरुको भर नपर्नु होला ।

वृश्चिकः– समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । यात्राको सम्भावनालाई अझै नकार्न सकिन्न । पारिवारिक सहयोगमा धेरै काम बन्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।
काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा रुची जाग्नेछ । कमाएको धनलाई वचाउने प्रयास गर्नु होला ।

धनुः– असम्भवको ठाँउमा सम्भावनाका विरुवा रुपिनेछ । पुराना मुद्धा फस्र्योट हुने देखिन्छ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋण लगानीमा जोड नदिनु होला । मित्र चिनेर मात्र आर्थिक कारोवार गर्नुहोला । भय आतुरमा गरेका कामबाट हैरानी हुनेछ ।

मकरः– जीवन साथीको सहयोग लिएर काम गर्नु होला । हेचक्र्याई गरेर काम गरेमा नोक्सान बढि आफैलाई हुनेछ । कला सहित्यमा थोरै अभिरुची बढ्नेछ । पठन पाठनमा सामान्य प्रगति हुनेछ । साझेदारी काममा हात नहाल्नु होला ।

कुम्भः– मनमा अशान्ति बढ्नेछ । समस्याको पहिचान गरेर मात्र काममा अगाडि बढ्नु होला । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिने छ । आशा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । राजनीति चासो बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढाउदा दुःख पाईनेछ । श्रम बढि उपलब्धि कम हात लाग्नेछ ।

मिनः– दिन अनुकुल नै देखिन्छ । समयमा कामको टुङ्गो लगाउनु होला । इष्टमित्रको सहयोग कम मिल्नेछ भने साथी भाईबाट उचित सहयोग पाईनेछ । कार्य लगनशिलता घट्ने छैन । व्यापार व्यवसायबाट मनाफा राम्रै हात लाग्नेछ । पढाई र सन्तानको विषयलाई लिएर मनमा थोरै असन्तोष बढ्न सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।
ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु –पंडित श्रीकण्ठ सुराचार्य ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर