साउथ सुपरस्टार मोहनलाल फिल्ममा आउनुअघि पहलवान थिए, करोडौंको सम्पत्ति छ, बुर्ज खलिफामा छ आफ्नै फ्ल्याट — OSNepal

साउथ सुपरस्टार मोहनलाल फिल्ममा आउनुअघि पहलवान थिए, करोडौंको सम्पत्ति छ, बुर्ज खलिफामा छ आफ्नै फ्ल्याट

LC (KTM) May 23, 2022 0

मोहनलाल साउथ फिल्म उद्योगका एक प्रतिभाशाली अभिनेता हुन्। उनीहरुको प्रशंसा जति गरे पनि कम नै हुन्छ । अभिनेताले धेरै फिल्ममा आफ्नो अभिनय क्षमता प्रस्तुत गरेका छन् । एक अनुभवी अभिनेता हुनुको अलावा, मोहनलाल एक उत्कृष्ट निर्माता, गायक र थिएटर कलाकार पनि रहेका छन् । यसबाट तपाईले बुझ्न सक्नुहुन्छ कि अभिनेतालाई कुनै पहिचानको आवश्यकता छैन। अभिनेताले हिजो आफ्नो टद्द औं जन्मदिन मनाएका छन् । तर उनलाई ६२ बर्षको भन्दा पत्यार लाग्दैन ।

उनी अझै नै योङ देखिने गरेका छन् । मोहनलाल मलयालम फिल्मका चर्चित अभिनेता हुन् र उनको पूरा नाम मोहनलाल विश्वनाथ नायर हो। मोहनलालको जन्म २१ मे १९६० मा केरलाको इलान्थुरमा भएको थियो। साउथमा अभिनेताको फ्यान फलोइङ निकै राम्रो छ । बलिउडमा दिग्गज अभिनेता अमिताभ बच्चनको कुनै पहिचानको आवश्यकता पर्दैन । त्यसैगरी साउथका अभिनेता मोहनलाललाई पनि साउथमा कुनै किसिमको पहिचान चाहिँदैन । उनले सन् १९८० मा फिल्म ‘मञ्जिल विरिन्जा पुक्कल’ बाट अभिनयमा डेब्यु गरेका थिए ।

अभिनयको दुनियाँमा प्रवेश गरेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । अभिनय संसारमा प्रवेश गर्नु अघि, उनी एक पहलवान थिए । अभिनेताले सन् १९७७(७८ मा केरला स्टेट रेस्लिङ च्याम्पियनसिपको ट्रफी पनि जितेका थिए । आज मोहनलाल करोडौंको सम्पत्तिका मालिक छन् । मिडिया रिपोर्टका अनुसार अभिनेताको कुल सम्पत्ति करिब ३६५ करोड भारु रहेको छ । उटीमा आलिशान घर हुनुका साथै दुबईको बुर्ज खलिफामा मोहनलालको आफ्नै फ्ल्याट पनि छ । अभिनेताको घर बुर्ज खलिफा भवनको २९ औं तलामा छ । जसको लागत करोडौं रहेको छ । यसबाहेक अभिनेताको धेरै ठाउँमा सम्पत्ति पनि छ । मोहनलालसँग विलासिताका सामानहरूको पनि ठूलो संग्रह छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर