कुनै महिलाले पनि फिस्टुलाबाट पिडित बन्न नपरोस् : डाक्टर अरुणा कार्की — OSNepal

कुनै महिलाले पनि फिस्टुलाबाट पिडित बन्न नपरोस् : डाक्टर अरुणा कार्की

LC (KTM) May 23, 2022 0

काठमाडौँ । अन्तर्राष्ट्रिय फिस्टुला दिवस सोमबार काठमाडौँमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वभरबाट फिस्टुला रोगको अन्त्य गरौँ, गुणस्तरीय स्वास्थ्य सेवामा लगानी गरौँ भन्ने मूल नारा सहित राजधानीको बागबजारमा अवस्थित काठमाडौ मोडल अस्पतालमा आयोजित कार्यक्रममा यो रोगको जटिला, यसले पार्ने समस्या र बच्ने उपायहरुको बारेमा जानकारी दिइएको थियो ।

फिस्टुला भएका बिरामीलाई २४ घन्टा पिसाब चुहिरहने , दिसा योनीबाट आउने, २४ घन्टा प्याड लगाइरख्ना पर्ने, दिसा र पिसाबको गन्ध आउने लगायतका समस्याहरु भोग्नु पर्छ । जसका कारण परिवारबाट घृणा, समाजबाट तिरस्कृत, अपहेलित हुनेसम्मका समस्याहरु देखा पर्छन् । यो समस्याको शल्यक्रियाद्धारा निराकरणका लागि काठमाडौं मोडेल अस्पातालको टिमका तीन जना कन्सल्टेन्ट डा अरुणा कार्की, प्रा डा गणेश दङ्गाल, डा हेमा कुमारी प्रधान लागिपरिरहेका छन् ।

डा कार्की, प्रा डा दङ्गाल र डा प्रधान मिलेर यो जटिल रोगको शल्यक्रियाको प्रशिक्षण इथियोपियाबाट लिएर आएका हुन् । र सन् २०१४ देखी काठमाडौ मोडेल अस्पातलमा यसको शल्यक्रिया सुरु भएको सो अवसरमा जानकारी दिइयो । फिस्टुला फाउन्डेसनको सहयोगमा यो रोगको निशुल्क रुपमा शल्यक्रिया गरिने डाक्टर कार्कीले जानकारी दिइन् ।

डाक्टर कार्कीका अनुसार यो रोगको शल्यक्रिया पश्चात निशुल्क रुपमा बेड र बिरामीको खानाको व्यबस्था पनि गरिन्छ । साथै बिरामीलाई आउने जाने सवारी भाडा पनि उपलब्ध हुन्छ । २ साता लामो अस्पताल बसाईको क्रममा सबै सुबिधा दिइने समेत डाक्टर कार्कीले बताइन् ।

अस्पतालका अनुसार मोडल अस्पतालमा बार्षिक रुपमा ८० देखि १ सय जनाले यो रोगको निशुल्क सेवा लिँदै आइरहेका छन् । र यो रोग उन्मुलनका लागि काठमाडौँ मोडल अस्पतालले विभिन्न संघ संस्थाका अलावा हाल नेपाल सरकारसँग पनि हातेमालो गर्दै आएको छ ।

सो अवसरमा बोल्दै प्रा डा गणेश दङ्गालले आजको यो दिन प्रसव फिस्टुला हैन कि यसलाई निर्मुलिकरण गर्न उठाइएको पाइलाहरू र त्यसबाट पाएको सफलताको उत्सब भएको बताए ।

त्यस्तै डा हेमा कुमारी प्रधानले यस दयनीय रोगबाट गुज्रिरहेका, आफ्नो घर तथा समाजबाट तिरस्कृत भएका महिलाहरुलाई सफल सल्यक्रिया गरी उनीहरुको मनोबल र आत्मसम्मान बढाई समाजमा साधारण जीवन शैली, अनुहारमा हाँसो र चमकका साथ पठाउन पाउँदा खुशी लागे पनि यो रोग उन्मुलन नै प्रमुख उदेश्य भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर