कार्तिक आर्यनका फ्यानका लागि आयो अहिलेसम्मकै ठूलो खुशीको खबर — OSNepal

कार्तिक आर्यनका फ्यानका लागि आयो अहिलेसम्मकै ठूलो खुशीको खबर

LC (KTM) May 24, 2022 0

मुम्बई । यही शुक्रबारबाट कार्तिक आर्यनको फिल्म ‘भूल भुलैया २’ विश्वव्यापी रुपमा सिनेमा हलमा रिलिज भएको छ । विभिन्न कारणले फिल्म पाउन छाडेका अभिनेता कार्यनको यो चलचित्रले सुरुमा राम्रो व्यापार गरेको छ । जसका कारण उनको डुब्दो फिल्मी करिअर उठाउने आशा गरिएको छ ।

यो फिल्ममा कार्तिक आर्यन, कियारा आडवाणी र तब्बु मुख्य भूमिका छ । हरर जनराको हास्यप्रधान यो फिल्मले समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाईरहेको छ ।

भुल भुलैयाले पहिलो दिन १४।११ करोड कमाएको छ र योसँगै यो कार्तिक आर्यनको अहिलेसम्मकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । फिल्मले कार्तिकको अघिल्लो सर्वाधिक ओपनर लव आज कल ९११।४७ करोड० लाई उछिनेको छ ।राजधानि दैनिकमा खबर छ ।यति मात्र होइन कार्तिक आर्यनको यो फिल्म हिन्दी फिल्ममा सन् २०२२ को सबैभन्दा ठूलो ओपनर पनि साबित भएको छ । अक्षय कुमार, आलिया भट्ट, अजय देवगनदेखि टाइगर श्राफसम्म‘ कार्तिकले ओपनिङ कलेक्सनको मामिलामा सबैलाई पछाडि पारेका छन् । यो फिल्मले बक्स अफिसमा डुबेका हिन्दी फिल्महरूले राहतको सास फेर्न मौका पाउनेमा कुनै शंका छैन। यता व्यबसायिक रुपमा भुल भुलैया २ ले सप्ताहन्तमा उत्कृष्ट कलेक्सन गर्न सक्ने वितरकहरुको विश्वास छ । यो फिल्मले पहिलो साता ४५ करोडसम्मको व्यापार भारतमा गर्ने आशा गरिएको छ ।

भुल भुलैया फिल्ममो अक्षय कुमारको मुख्य भूमिका थियो । तर अक्षयले भुल भुलैया दुईमा व्यस्ताका कारण समय दिन सकेनन् । यसरी अक्षय कुमार व्यस्त हुँदा यो सिक्वेल फिल्ममा कार्तिक आर्यनले नायकको भूमिका निर्वाह गर्ने अबसर पाए । यतीबेला फिल्मले राम्रो सफलता हाँसिल गरेपछि आर्यनले अक्षय कुमारप्रति कृतज्ञता जाहेर गरेका छन् । केही वर्ष अघि निर्माता निर्देशक करण जौहरले फिल्मबाट निकाले पछि कार्तिक आर्यनको करिअर ओरालो लागेको थियो । तर अब यो फिल्मको सफलताले फेरी उनलाई अन्य निर्माताले राम्रा फिल्म दिने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर