सविता भण्डारी मृ त्यु प्रकरणः खुल्यो नयाँ रहस्य! कहाँ पुग्यो प्रहरी अनुसन्धान ? (भिडियो सहित) — OSNepal

सविता भण्डारी मृ त्यु प्रकरणः खुल्यो नयाँ रहस्य! कहाँ पुग्यो प्रहरी अनुसन्धान ? (भिडियो सहित)

LC (KTM) June 14, 2021 0

काठमाडौं । दुई साताअघि चितवनमा एक महिलाको शंकाष्पद मृत्यु भयो । २८ वर्षीया सविताको मृत्यु स्वभाविक नभएको भन्दै उनको माइती पक्ष प्रहरीमा किटानी जाहेरी दिए । मुद्दा अदालतमा बिचाराधीन छ । तर, अहिले यो घटनासँग सम्वन्धित विभिन्न पात्रका थरिथरि बयान यूट्यूवमा भाइरल छन् ।
यति मात्रै होइन, सविताका संवेदनशील अडियो-भिडियोलाई पनि यूट्युवरले छताछुल्ल बनाएका छन् । अनि ती अडियो-भिडियोमा लिपसिंक गरेर टिकटकमा भाइरल बन्न खोज्नेको अर्को समूह छ । यस्तो विकृतिलाई नियन्त्रण गर्न प्रहरी-प्रशासनले खासै चासो दिएको छैन

सात वर्षअघि वैशाख ३ गते सविताको चितवनका योगेन्द्रकुमार धितालसँग मागी विहे भएको थियो । घरमा श्रीमान, ससुरा, सासु र एक पाँच वर्षीय छोरा छन् । गत वैशाख ४ गते सविता आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवार र छरछिमेकीले उनलाई चितवन मेडिकल कलेजमा पुर्‍याएका थिए । अस्पताल लैजाँदासम्म उनी जीवित रहेको बताइएको छ । तर, डाक्टरले उनको ज्यान जोगाउन सकेनन् ।
माइती पक्षका अनुसार लामो समयदेखि सविता पारिवारिक कारणले तनावमा थिइन् । विवाहमा दाइजो नल्याएको निहुमा उनलाई प्रताडित गर्ने गरिएको बहिनी सजनीको आरोप छ । परिवारले उनलाई जबरजस्ती मानसिक तनावकाे औषधि खुवाउने गरेको पनि उनले बताएकी छन् । तर, श्रीमान योगेन्द्रले भने आफ्नी श्रीमती साँच्चै मानसिक समस्याको शिकार बनेको र चिकित्सकको परामर्शमा औषधि सेवन गराएको दावी गर्छन् । उनको दावीअनुसार बिहे गर्दा नै सविता मानसिक तनावकाे समस्यामा थिइन् ।

सजनीले सार्वजनिक गरेको एउटा अडियो सुन्दा सविता अत्यन्तै विक्षिप्त अवस्थामा पुगेको प्रतीत हुन्छ । उनले रुँदै बहिनीसँग भनेकी छन्, ‘म एकदमै कमजाेर भइसकेँ । अब म सक्दिनँ कान्छी । मसँग बोल्ने आँट पनि छैन । म एकदम निराश भइसकेँ । धेरै बलियो हुन खोजेँ तर, भित्रबाट नै कमजार भइसकेँ । म दिनदिनै यो पीडा सहन सक्दिनँ ।’

ह  त्या कि आ त्मह  त्या ?
घटनापछि मृत कका माइती पक्षले यसलाई सहजरुपमा लिन सकेनन् । सविताको ह  त्या गरिएको वा मा नसिक-यातना दिएर आ त्मह त्याका लागि वाध्य पारिएको उनीहरुले आशंका गरेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले आ त्मह त्या ठहर्‍याएको थियो । सविताले आफ्नै कोठामा पासो लगाएर झु ण्डिएको प्रहरीले जनाएको छ ।

मृतकको पोस्टमार्टम रिपोर्टमा मृत्यूको कारण ‘ह्या ङ्गिङ’ (झु ण्डिएको) भनिएको छ ।  जिल्ला प्रहरी कार्यालयक चितवनका प्रहरी नायव उपरिक्षक (डीएसपी) सुर्य बहादुर थापाले घ टनाको वस्तुस्थितिले ह  त्या नदेखिएको बताए । तर, आ त्मह  त्याका लागि दु रुत्साहन गरिएको प्रहरीको अनुसन्धानले देखाएको उनको भनाइ छ ।

नेपाल प्रेससँग डीएसपी थापाले भने, ‘यो आ त्मह  त्या दुरुत्सा हनको घटना हो भन्ने प्रहरीकाे प्रारम्भिक निष्कर्ष हो । हामीले आफ्नो तर्फबाट सबै प्रमाणसहितको प्रतिवेदन अदालतमा बुझाइसकेका छौं । अन्तिम निर्णय अदालतबाटै हुने हो । हामी आफ्नो तर्फबाट अदालतलाई सबै सहयोग गर्छौं ।’

सविताका माइती पक्षको भनाइमा परिवारबाट उनले लामो समयदेखि विभिन्न खाले यातना भोग्दै आएकी थिइन् । श्रीमानले म दिरा सेवन गरेर पिट्ने गरेको उनीहरुको आरो प छ । त्यो भन्दा संवे दनशील चाहिँ ७५ वर्षका ससुराले सवितालाई यौ न दु र्व्यवहार गरेको बताइएको छ । घटनालगत्तै माइती पक्षको किटानी जाहेरीका आधारमा प्रहरीले सविताका श्रीमान योगेन्द्रकुमार धिताल, ससुरा रमेशकुमार धिताल र आमाजु भावना ढकाललाई पक्राउ गरेको थियो । उनीहरु सबै धरौटीमा छुटेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर