दोलखामा लाल बहादुरलाई टिपरले ठक्कर दिएर भाग्यो, फरार चालकलाई खोजी गर्दे प्रहरी — OSNepal

दोलखामा लाल बहादुरलाई टिपरले ठक्कर दिएर भाग्यो, फरार चालकलाई खोजी गर्दे प्रहरी

LC (KTM) May 24, 2022 0

दोलखा, १० जेठ

दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा हिजो साँझ टिपरको ठक्करबाट एक बृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लाल बहादुर बि।क। रहेका छन् ।

गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री बृद्धलाई हिजो साँझ ५ बजे ठक्कर दिएको थियो ।

टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरीशंकरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर