महिनावारी हुँदा तीन दिन बिदा दिने तयारी — OSNepal

महिनावारी हुँदा तीन दिन बिदा दिने तयारी

LC (KTM) May 24, 2022 0

म्याड्रिड, १० जेठ:

स्पेनले महिनावारीको कडा दुखाइबाट पीडित महिलाहरूको लागि मेडिकल बिदा दिने योजना बनाएको छ । संसदमा प्रस्ताव गरिएको एउटा मस्यौदा विधेयकमा महिलाहरूलाई महिनामा तीन दिन बिदा दिन सक्ने उल्लेख छ ।

सञ्चार माध्यममा चुहावट भएको सो मस्यौदाबारे संसदमा छलफल भइरहेको छ ।विद्येयक पारित भएमा यस्तो प्रावधान कायम गर्ने स्पेन युरोपमै पहिलो देश हुनेछ । विश्वका केही थोरै देशहरूमा मात्र यस्तो कानुन छ । वृहत प्रजनन स्वास्थ्य सुधार र गर्भपतनसम्बन्धी विस्तार गर्दै पछिल्लो कानुन ल्याउन लागिएको हो ।

यो विद्येयक केही साताभित्र मन्त्रिपरिषद्मा पेस गरिने स्पेनी सञ्चार माध्यमहरूले जनाएका छन् । पीडादायी महिनावारी अवधिको लागि तीन दिनको बिरामी बिदा डाक्टरको सिफारितमा अनुमति दिइनेछ । तीव्र वा असक्षम पीडाको लागि पाँच दिनसम्म विस्तार गर्न सकिनेछ ।

तर, हल्का पीडा भोग्नेहरूलाई यो नियम लागू हुने अपेक्षा गरिएको छैन । साे मस्यौदा महिनावारीलाई स्वास्थ्य अवस्थाको रूपमा व्यवहार गर्ने फराकिलो दृष्टिकोणको एउटा हिस्सा बताइएको एल पेसले जनाएको छ ।

मस्यौदामा बच्चा जन्माउनुअघि विस्तारित तलबी मातृत्व बिदा र समानता मन्त्री इरेन मोन्टेरोले यस वर्षको सुरुमा उल्लिखित गर्भपतन कानूनमा परिवर्तनहरू पनि समावेश छन् ।

त्यस्तै, १६ देखि १७ वर्षका किशोरीले अभिभावकको अनुमतिबिना गर्भपतन गर्न पाउने प्रस्ताव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर