वजेट कार्यान्वयन गर्न सरकारले स्वीकृति नदिएपछि राष्ट्रिय खेलकुदको नवौं संस्करण तेस्रोपल्ट सर्यो — OSNepal

वजेट कार्यान्वयन गर्न सरकारले स्वीकृति नदिएपछि राष्ट्रिय खेलकुदको नवौं संस्करण तेस्रोपल्ट सर्यो

LC (KTM) May 24, 2022 0

काठमाडौ १० गते । जेठ २२ देखि २८ गतेसम्म हुने राष्ट्रिय खेलकुदको नवौं संस्करण तेस्रोपल्ट सरेको छ । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता रेहेको उक्त खेल अब असोज २८ देखि कात्तिक ३ गते सम्म हुने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा यस्तो निणर्य गरेको हो । आवश्यक पूर्वतयारी र समयसापेक्ष पूर्वानुमान नगरी तोकिएको मितिमा खेलकुद हुन नसकेको बताइएको छ ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले वजेट कार्यान्वयनको समय नपुगेको, प्रदेश खेलकुद परिषदले खेलाडी छनोटका लागि थप समय माग गरेको र माध्यामिक शिक्षा अन्तर्गत कक्षा ११ र १२ को परीक्षा समय परेका कारण खेलकुद सार्नुपरेको कारण देखाएका छन् ।

फाष्ट ट्र्याकमा वजेट कार्यान्वयन गर्न सरकारले स्वीकृति नदिएपछि र कार्यविधि पारित नगरेकाले लोगो, मस्कट र नारा निश्चित गरिएको खेल सारिएको उनको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर