आयोजकले माग पुरा गर्न नसकेपछि नेपाल नआउने भए सलमान खान — OSNepal

आयोजकले माग पुरा गर्न नसकेपछि नेपाल नआउने भए सलमान खान

LC (KTM) May 24, 2022 0

काठमाडौं -बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । समान खान लगायत टिमको माग पुरा गर्न नसके पछि कार्यक्रम रोकिने भएको बताइएको छ । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको हो ।

आयोजक स्रोतले उनी नआउने पुष्टि गरिसकेको छ । ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो ।

आयोजकले कार्यक्रममा प्रवेशका लागि दर्शक ५ हजार, १०, १५ २५ हजारको टिकट समेत बिक्रि गरिको छ । सलमान नेपाल आउन र आएको बेला सगरमाथा आरोहणगर्ने कुरा बताएका थिए । यद्यपी अब उनी नआउने भएपछि नेपाली फ्यानहरु निराश भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर