सरकारले ‘एक घर एक धारा’ कार्यान्वयनमा ल्याउने — OSNepal

सरकारले ‘एक घर एक धारा’ कार्यान्वयनमा ल्याउने

LC (KTM) May 24, 2022 0

काठमाडौ १० जेठ । सरकारले ‘एक घर एक धारा’ कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।

मंगलबार संघीय संसद भवनमा आगामी आर्थिक वर्षकोको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले यस्तो जानकारी गराएकी हुन् ।

आगामी आर्थिक वर्षमा ४ लाख ६३ हजारमा मध्यम तथा उच्चस्तरको खानीपानी पुर्‍याइने बताएकी राष्ट्रपति भण्डारीले खानेपानी आयोजनामा जनश्रमदान सम्बन्धी नीतिको पुनरावलोकन गर्ने समेत उल्लेख भएको जानकारी गराएकी छन्।

आगामी आर्थिक वर्षमा १२ शहरमा एकीकृत खानेपानी तथा फोहोरपानी प्रशोधनको सुरुवात गरिने पनि सरकारले निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर