आर्थिक अभाव भन्दै धुमुर्स सुन्तलीले निर्माण अलपत्र पारेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने — OSNepal

आर्थिक अभाव भन्दै धुमुर्स सुन्तलीले निर्माण अलपत्र पारेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने

LC (KTM) May 24, 2022 0

काठमाडौं, १० जेठ-सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ ।कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले आर्थिक अभाव भन्दै निर्माण अलपत्र पारेको रंगशालाको निर्माण कार्य टुङ्गोमा पुर्‍याउने नीति लिएको हो ।

रंगशाला निर्माण सम्पन्न गर्न चितवनको भरतपुर महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको बेला सङ्‍घीय सरकारले निर्माणको बाँकी काम पूरा गर्ने नीति लिएको हो ।सरकारले प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्दै जाने नीति पनि लिएको छ ।

गैंडाकोटमा विपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गरिने पनि भएको छ । सबै स्थानीय तहमा खेल ग्राम निर्माण गरिँदै लाने पनि सरकारले नीति लिएको राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा बताएकी छिन् ।उनले खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी निर्माणको आवश्यक प्रक्रिया अघि बढाइने पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर