बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु — OSNepal

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

LC (KTM) May 24, 2022 0

बर्दिया- बर्दियाको मधुवन नगरपालिका–२ कोठियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया कौशिका शाही रहेकी छन् ।बाख्रा चराउन खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा साँझ करिब ६ बजेको बाघको आक्रमणबाट उनको मृत्यु भएको डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रवीण विडारीले बताउनुभयो । तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ ।

भैरहवा विशेष आर्थिक क्षेत्रलाई विस्तार गरिने-सरकारको नीति तथा कार्यक्रममा भैरहवा विशेष आर्थिक क्षेत्रलाई विस्तार गरिने उल्लेख छ । निर्यात प्रवद्र्धन गर्दै व्यापार घाटा कम गर्ने उद्देश्यसहित सरकारले २०६० माघ १५ गते विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने निर्णय गरेको थियो । भैरहवा सेजको २०७१ मङ्सिरमा उद्घाटन भए पनि पूर्णरूपमा सञ्चालनमा आउन भने सकेको छैन । भैरहवा सेजमा ६८ ‘प्लट’ छन् । तीमध्ये १८ ‘प्लट’मा ६ उद्योग सञ्चालनमा छन् ।

नेपाल राष्ट्र बैंक र भन्सार विभागको तथ्याङ्कअनुसार नेपालबाट प्रमुखरूपमा निर्यात हुने वस्तु–वनस्पति घ्यू, जुट र जुटका सामान, पस्मिना, दाल, तामाको तार, अदुवा, अलैँची, धागो, आयुुर्वेदिक औषधि हुन् । यी वस्तु भारतमा निर्यात हुन्छन् । भारतबाहेकका अन्य मुलुकमा तयारी पोसाक, ऊनीका गलैँचा, पस्मिना, प्रशोधित तथा तयारी छाला, चाँदीका गरगहना, हस्तकलाका सामान, नेपाली कागज र चियालगायतका वस्तु निर्यात हुने गरेका छन् ।

सेजमा मुलुकबाट निर्यात हुने मुख्य वस्तुबाहेकका उद्योग खुले, जसका कारण उत्पादन भएको वस्तु नेपालले निर्यात गर्न सकेको छैन । भैरहवा सेजमा खाद्य तथा कृषिजन्य उद्योग, हर्बल, छाला, तयारी पोसाक, गलैँचा तथा ऊनका सामान, पस्मिना तथा रेशम, हाते कागजका वस्तु, हस्तकला तथा गरगहना, धातुजन्य उद्योग, स्पोर्टस् वेयर, गहना तथा बहुमूल्य पत्थर, प्लास्टिक उत्पादन होजियारी, एसेम्बल्ड इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल उत्पादन, सूचना प्रविधि उद्योग र पेय पदार्थसमेत गरी १७ थरी उद्योग स्थापना हुने भनिएको छ । यीमध्ये निर्यात हुने मुख्य वस्तुका सबै खालका उद्योग भैरहवा सेजमा स्थापना भएका छैनन् । सेजमा अहिले शक्ति मिनरल्स, ब्रिलियन्ट लाइटनिङ इन्डस्ट्रिज प्रालि, भिस्टार ग्लोबल प्रालि, पञ्चकन्या एसएस एक्स्पोर्ट, एस पोलिफर्म, जय बुद्ध मेटल क्राफ्ट प्रालिले उत्पादन सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर