भरतपुर महानगरको मेयर बने लगत्तै रेनुलाई छोरी प्रतिभाले बधाई दिँदै भनिन् 'भरतपुरबासी सबैको नेता बन्नु ममी' — OSNepal

भरतपुर महानगरको मेयर बने लगत्तै रेनुलाई छोरी प्रतिभाले बधाई दिँदै भनिन् ‘भरतपुरबासी सबैको नेता बन्नु ममी’

LC (KTM) May 24, 2022 0

काठमाडौं।

भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी भएसँगै देश विदेशबाट उनका शुभ चिन्तक र आफन्तहरुले बधाई र शुभकामना दिइरहेका छन् ।

एमालेका विजय सुवेदीलाई भारी मतान्तरले पराजित गरेकी रेनुलाई आफ्नै छोरी प्रतिभाले समेत बधाई ज्ञापन गर्दै दोस्रो कार्यकालमा अझै धेरै जनाताको मन जित्नु भन्दै बधाई दिएकी छिन् । रेनुलाई आफ्नै छोरी प्रतिभाले समेत बधाई ज्ञापन गर्दै सामाजिक सञ्जाल फेशबुकमार्फत उनले लेखेकी छिन् –

असीमीत बधाइ ममी१ भरतपुर बासी सबैको नेता बन्नु होला ।🙏🏻

मौन अवधि सुरु हुने अघिल्लो रात थियो । ममी घर आउँदा राती १२ बजिसकेको थियो, खुट्टा हरुमा फोका उठेका थिए, स्वर चिन्नै नसक्ने गरी सुकेको थियो, शरिर थकित देखिन्थ्यो । तर ममी लाई यस्तो देखेको पहिलो घटना थिएन । गत पाँच बर्ष प्राय दिनहरु ममी पूर्ण रुपमा समाजको हितमा खटेर मैदानमा हुनुहुन्थ्यो, भौतिक रुपले थकित भएर घर आएका दिनमा पनि वहाँ कामको सन्तुष्टी राख्नु हुन्थ्यो ।

यसरी आफ्नो मिहिनेतबाट प्रभाव पार्न सकेर नै पुनस् भरतपुर महानगरपालिकाको नेतृत्व गर्ने अवसर पाउनु भएको छ । यसपटकको लोकप्रिय मत ले यही देखाएको छ । म आफु नै चुनावी यात्रामा सहभागी हुँदा पनि सबै वर्ग र समुहले आफ्नै चेली सम्झेर ममी प्रती देखाएको माया ले मलाई ठुलो प्रेरणा मिलेको छ ।

ममीले चुनाव जित्दै गर्दा पर्दा पछाडी रहेर मुख्य भूमिका खेल्नुभएको बुवाप्रति मेरो उच्च आदर छ । कहिल्यै लाईमलाईटमा आउन नचाहने तर ममीलाई स्थापित गराउन, भरतपुरका आम जनता र कार्यकर्तालाई व्यवस्थापन गर्न, सबैको नेतृत्व सम्म पहुच बनाउन बुवाले गत पाँच बर्ष महत्वपुर्ण भूमिका खेल्नु भएको छ ।

पुन निर्वाचित हुनुभएको ममीलाई बधाइ छ, तर त्यो भन्दा धेरै बधाइ यो चुनावमा खट्नुभएका हरुलाई छ, अनि निष्पक्ष भएर विकासको पक्षमा मतदान दिनुभएकाहरुलाई छ । रेनु यसअघि उनी ०७४ को निर्वाचनमा विजय भएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर