यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका — OSNepal

यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका

LC (KTM) May 24, 2022 0

काठमाडौँ, १० जेठ गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न १२ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार मङ्गलबार साँझ ७ बजेसम्ममा ७५३ मध्ये ७४१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मत गणना कार्य सम्पन्न भएपनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा बाग्मती प्रदेशको काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, गण्डकी प्रदेशको पोखरा महानगरपालिका, प्रदेश नं १ को उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, मधेस प्रदेशको रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, लुम्बिनी प्रदेशको दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेको छ ।

सुदूरपश्चिममा बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी छ । आयोगको निर्णयपछि उदयपुरको त्रियुगामा आजदेखि मत गणना सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर