साउथ इन्डिएन नायिका सामन्था र विजय देवराकोन्डा फिल्म छायांकनको क्रममा लडेर घाइते ! — OSNepal

साउथ इन्डिएन नायिका सामन्था र विजय देवराकोन्डा फिल्म छायांकनको क्रममा लडेर घाइते !

LC (KTM) May 24, 2022 0

काठमाडौं -साउथ इन्डिएन नायिका सामन्था रुथ प्रभु र विजय राकोन्डा फिल्म छायांकनको क्रममा लडेर घाइते भएको खबर बाहिरिएको छ। खबर अनुसार फिल्म ‘कुशी’को छायांकनको क्रममा उनीहरु घाइते भएका छन् । सामन्था र विजय कश्मीरको पहलगाममा एक स्टन्टको छायांकन गरिरहेका थिए।

उक्त स्टन्ट निकै कठिन थियो। स्टन्ट गर्दा गर्दै विजय र सामन्था लडेर घाइते भएको बताइएको छ । उनीहरू लिद्दर नदीको दुई किनारामा बाँधिएको डोरीमा हिड्ने क्रममा लडेको र केही समय आराम गर्दा पनि फिल्मको छायांकनमा सामेल हुन नसकेको बताइएको थियो। यद्यपी विजय र सामन्था घाइते भएको खबरमा कुनै सत्यता नभएको निर्माण टोलीले गरेको छ ।

उक्त विज्ञप्तिमा कश्मीरमा ३० दिनको छायांकन सकेर हैदरावाद फर्किएको जानकारी गराइएको छ। कश्मीरमा ३० दिन छायांकन सकाएर हाम्रो पुरै निर्माण टोली हैदराबाट फर्किसकेका छौं। तपाईहरु भ्रामिक खबरमा विश्वास नगर्नू होला, भन्दैनिर्माता बीए राजूले ट्वीटरमा ट्विट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर