सरकारले ल्याएको उद्देश्यविहीन नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्र सुधारका लागि पहल गर्दैन : योगेश भट्टराई — OSNepal

सरकारले ल्याएको उद्देश्यविहीन नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्र सुधारका लागि पहल गर्दैन : योगेश भट्टराई

LC (KTM) May 24, 2022 0

काठमाडौ १० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम उद्देश्यहीन भएको बताएका छन् ।

आज मंगलबार संघीय संसद भवनमा बसेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९–८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् ।

संसद् भवन परिसरमा पत्रकारसँग भएको कुराकानीमा नेता भट्टराईले सरकारको नीति तथा कार्यक्रममा कुनै उत्साह र आकर्षण नभएको भन्दै यसले मुलुकको अर्थतन्त्र सुधारका लागि पहल नगर्ने बताएका छन् ।

परम्परावादी भएका टिप्पणी गरेका उनले यसमा कुनै उत्साह नभएको बताएका छन् । ‘यो सपनाविहीन, उद्देश्यविहीन, गन्तव्य विहीन र यथास्थितिवादी छ । यसले मुलुकको अर्थतन्त्र सुधारका लागि पहल गर्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर