बसले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, घाइते छोराको उपचार हुँदै — OSNepal

बसले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, घाइते छोराको उपचार हुँदै

LC (KTM) May 24, 2022 0

तनहुँ, १० जेठ -यात्रुवाहक बसले विपरीत दिशामा गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा आज तनहुँमा आमाको मृत्यु भएको छ भने छोरा सख्त घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको भिमाद नगरपालिका–२ निवासी ४० वर्षीया पार्वती थापा रहेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते थापाको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ मोचाबारीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार ती महिलाको मृत्यु भएको हो ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना४ख ८४४५ नंको बसले विपरीत दिशामा गुडिरहेको ग२०प ६३३६ नंको स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । बसको ठक्करबाट सख्त घाइते स्कुटर चालक सोही ठाउँ निवासी २० वर्षीय सुसिर थापालाई पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका लागि पठाइएको छ ।

सवारी दुर्घटनामा परी मृत्यु भएकी महिला घाइते सुसिरकी आमा भएको प्रहरीले जनाएको छ । सो बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर