खेलाडी र प्रशिक्षक बिबादको फाईदा नवयुग श्रेष्ठलाई , राष्ट्रिय टिमको कप्तानमा नियुक्त — OSNepal

खेलाडी र प्रशिक्षक बिबादको फाईदा नवयुग श्रेष्ठलाई , राष्ट्रिय टिमको कप्तानमा नियुक्त

LC (KTM) May 24, 2022 0

राष्ट्रिय फुटबल टिमका केही खेलाडी र प्रशिक्षक अब्दुल्लाह अल्मुईतारी बीचको बिबादले नेपालको टिम संरचनामा नै ठुलो बदलाव आएको छ । यहि बिबादका कारण टिम बाहिर ११ खेलाडी रहे पछि कप्तानको जिम्मेवारी इलामका नवयुग श्रेष्ठले पाएका छन् । मंगलबार राष्ट्रिय फुटबल टिमको बिदाइ गर्दै एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी दिएको छ । यसअघि राष्ट्रिय फुटबल टिममा कप्तानको जिम्मेवारी गोल किप्पर किरण चेम्जोङले सम्हाल्दै आएका थिए ।

बिबाद चर्किरहदा देश बाहिर बाट नै किरणले रोहित चन्द सहित १० खेलाडीको कदममा समर्थन जनाएका थिए । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले एसिया कप छनोट खेल्ने टिमको घोषणा गर्दा किरण सहित सिनियर १० खेलाडीलाई बाहिर राखेका थिए । यसैबीच, एन्फाले कुवेतमा हुने एसिया कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमलाई बिदाइ गरेको छ । मंगलबार साँझ औपचारिक कार्यक्रमको आयोजना गरेर एन्फाले खेलाडी बिदाइ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर