भट्टराईलाई संकेत गर्दै थापाले भने, ढोंग,पाखण्डीपन र अभिनयको पर्दा यसरी नै च्यातच्यूत भइरहेको छ — OSNepal

भट्टराईलाई संकेत गर्दै थापाले भने, ढोंग,पाखण्डीपन र अभिनयको पर्दा यसरी नै च्यातच्यूत भइरहेको छ

LC (KTM) June 14, 2021 0

काठमाडौँ ३१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईमाथि लिम्पियाधुरा समेटिएको नक्सा हेर्नसमेत नसकेको आरोप लगाएका छन् ।

थापाले आज ट्वीटर मार्फत लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा हेर्नसम्म नसकेको उहाँको यो तस्बिर र दीपक मनाङे बारेका असंगत धारणा देख्दा भट्टराईले आफूलाई आज कहाँनेर उभ्याउनुभएको छरु सहजै बुझुन् सकिने बताएका हुन् । भट्टराईलाई पाखण्डीको संज्ञा दिँदै थापाले ढोंग,पाखण्डीपन र अभिनयको पर्दा यसरी नै च्यातच्यूत भइरहेको बताएका छन् ।

थापाले लेखका छन् , लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा हेर्नसम्म नसकेको उहाँको यो तस्बिर र दीपक मनाङे बारेका असंगत धारणा देख्दा डा.बाबुराम भट्टराईले आफूलाई आज कहाँनेर उभ्याउनुभएको छ ? सहजै बुझिन्छ। ढोंग,पाखण्डीपन र अभिनयको पर्दा यसरी नै च्यातच्यूत भइरहेको छ।
अझै पूर्वप्रमको वक्तव्यबाजी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर