असार २४ गतेबाट अनुप र दिया मास्के अभिनित चलचित्र ‘दोख’ रिलिज हुँदै — OSNepal

असार २४ गतेबाट अनुप र दिया मास्के अभिनित चलचित्र ‘दोख’ रिलिज हुँदै

LC (KTM) May 25, 2022 0

काठमाडौं, ११ जेठ:

रंगकर्मी, अभिनेता तथा निर्देशक अनुप बरालको निर्देशनमा तयार भएको फिल्म ‘दोख’ को रिलिज मिति घोषणा गरिएको छ । केहि समयअघि निर्माण सकेर प्रदर्शनको पर्खाईमा रहेको फिल्म आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

निर्देशक बरालका अनुसार फिल्मले सामुदायिक वनको मुद्धालाई लिएर दुई गाउँबीचको किचलोलाई देखाएको छ । ‘झट्ट हेर्दा माओवादी द्वन्द्वको कथा जस्तो लाग्छ । फिल्मले सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाएको छ । यसको कालखण्ड भने माओवादी द्वन्द्वताकाकै हो । सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरुले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन्’, अनुप भन्छन् ।

उनका अनुसार वनको स्वामित्व आफ्नो बनाउन खेलाइएको फुटबल खेलको विजेताले स्वामित्व ग्रहण गर्छन् । निर्माता मनोज अधिकारीले फिल्मको टिजर चाँडै सार्वजनिक गरिने बताए । फिल्ममा दिया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगरलगायतका कलाकारको अभिनय छ । शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा राजन कठैतको लेखन, आभास र पुष्प संगमको संगीत छ ।

फिल्ममा सविन ज्ञवाली र मनोज अधिकारी निर्माता तथा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माता छन् ।

फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, शिशिर खरेल, दीपक खनाल, युवराज भट्टराई रहेका छन् । फिल्मको वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर