बारामा पानी फाल्ने मोटर बनाउने क्रममा करेन्ट लागेर रामको मृत्यु — OSNepal

बारामा पानी फाल्ने मोटर बनाउने क्रममा करेन्ट लागेर रामको मृत्यु

LC (KTM) May 25, 2022 0

बारा, ११ जेठ:

बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देबताल गाउँपालिका वडा नम्बर ३ छोटकी अम्वा बस्ने ४० वर्षीय राम प्रबेश महतो रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि यनयमसी अस्पताल बीरगंज पठाइएको थियो ।

आफ्नो घरमा जडान गरेको पानी फाल्ने मोटर बनाउने क्रममा सर्ट भई करेन्ट लागि गम्भीर घाइते भएका महतोको यनयमसी अस्पताल बिरगंजमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

त्यस्तै :पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु -कास्की, ११ जेठ : कास्कीको पोखरा महानगरपालिका–९ मा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारका अन्दाजी ४० बर्षीय किशोर कुमार थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा राती सवा १ बजे मृत्यु भएको हो ।

दुर्घटनामा सामान्य घाइते भएका स्कुटर चालक ३० बर्षीय नागेन्द्र केसीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

एयरपोर्टबाट पृथ्वीचोक तर्फ आउँदै गरेको ग १९ प ५२१ नम्बरको स्कुटर गएराती १२ः४५ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर