क्रिकेट खेलाडी र कर्मचारीको तलब बढ्यो — OSNepal

क्रिकेट खेलाडी र कर्मचारीको तलब बढ्यो

LC (KTM) May 25, 2022 0

काठमाडौं ११ जेठ । नेपाली क्रिकेट खेलाडीहरुको तलब वृद्धि भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठकले क्रिकेट खेलाडी र मैदानका कर्मचारीको तलब वृद्धि गरेको हो ।

उक्त बैठकले पुरुष तथा महिला खेलाडी र क्यान अन्तर्गतका मैदानमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको हो । जसअनुसार क्यानले पुरुष खेलाडीको सबै ग्रेडमा समान मासिक १० हजार रुपैयाँका दरले बढाएको छ ।

तलब वृद्धि हुनु अघि ‘ए’ ग्रेडका खेलाडीले ५० हजार, ‘बी’ ग्रेडका खेलाडीले ४० हजार र ‘सी’ग्रेडका पुरुष खेलाडीले ३० हजार रुपैयाँ पाउँदै आएका थिए ।

त्यसैगरी, महिलातर्फ ‘सी’ ग्रेडमा रहेका खेलाडीले पाँच हजार, ‘ए’ र ‘बी’ ग्रेडमा रहेका खेलाडीले ६ हजार रुपैंया बढाइएको छ । यस अघि सी’ ग्रेडका महिला खेलाडीले १० हजार र ‘बी’ ग्रेडका खेलाडीले १२ हजार रुपैयाँ तलब पाउँदै आएका थिए ।

त्यस्तै गरी, मैदानका सम्पूर्ण कर्मचारीको तलब तीन हजार, कार्यालय सहयोगीको पाँच हजार र पिच क्युरेटरको तलब मासिक ६ हजार रुपैयाँका दरले क्यानले तलब वृद्धि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर