दोस्रो कार्यकालका लागि पदभार ग्रहणसँगै ललितपुरका मेयर चिरिबाबुले गरे यस्ता ३ निर्णय — OSNepal

दोस्रो कार्यकालका लागि पदभार ग्रहणसँगै ललितपुरका मेयर चिरिबाबुले गरे यस्ता ३ निर्णय

LC (KTM) May 25, 2022 0

काठमाडौं ११ जेठ । ललितपुर महानगरपालिकाका निर्वतमान मेयर चिरिबाबु महर्जनले पदभार ग्रहण गरेका छन् ।

४० हजारभन्दा बढी मत ल्याएर निर्वाचित भएका चिरिबाबुले पदभार ग्रहणसँगै तीन वटा निर्णय गरेका हुन् ।

उनले गरेका निणर्यमा वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने रहेका छन् ।

वडाका काम वडाबाटे गरिने बताएका उनले दुई तीन हप्तापछि २९ वटै वडाबाट फोहोर संकलन गरिने पनि जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर