काठमाडौं लगायतका ठूला सहरमा मेयर हार्नुको कारण पार्टीभित्रकै असहयोग र अन्तर्घात प्रष्ट देखियो : अध्यक्ष ओली — OSNepal

काठमाडौं लगायतका ठूला सहरमा मेयर हार्नुको कारण पार्टीभित्रकै असहयोग र अन्तर्घात प्रष्ट देखियो : अध्यक्ष ओली

LC (KTM) May 25, 2022 0

काठमाडौंं ११ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रै अन्तर्घात भएका कारण काठमाडौंलगायतका ठूला सहरमा मेयरले हार्नु परेको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलका बैठक अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उपमेयर भारी मतले जित्ने र मेयर मात्र हार्ने कुरामा पार्टीभित्रकै असहयोग र अन्तर्घात प्रष्ट देखिएको ओलीले बताएका छन् ।

जारी सम्बोधनमा ओलीले यसपटक एमालेमा खतरनाक ढंगको अन्तर्घात देखिएकोले यसको विस्तृत समिक्षा गरिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर