आगलागीबाट क्षति भएका परिवारका लागि सोसेकको सहयोग — OSNepal

आगलागीबाट क्षति भएका परिवारका लागि सोसेकको सहयोग

LC (KTM) May 25, 2022 0

दैलेख, ११ जेठ:

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आगलागीबाट क्षति भएका परिवारका लागि सहयोग उपलब्ध गराएको छ । आगलागीका कारण ठाटीकाँध गाउँपालिका–६ निवासी नरेन्द्र बहादुर थापाको क्षति भएको थियो ।

उक्त घरका चार जना बालबालिका तथा परिवारका लागि सामाजिक सेवा केन्द्र (सोसेक) द्वारा सञ्चालित बाल हेल्पलाइन १०९८ को तर्फबाट खाद्यान्न सहयोग प्रदान गरिएको हो ।

ठाटिकाँध गाउँपालिका अध्यक्ष रक्षबहादुर शाह र वडा नम्बर ६ वडाध्यक्ष जोरासिंह रोकाया क्षेत्रीले खाद्यान्न सहयोग हस्तान्तरण गरेका छन् । चामल, दाल, नुन, तेल गरी ६ हजार ५ सय बराबरको खाद्यान्न उपलब्ध गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर