डब्लुएचओ प्रमुखमा टेड्रोस पुनः निर्वाचित, करिब ९७ प्रतिशत मत प्राप्त — OSNepal

डब्लुएचओ प्रमुखमा टेड्रोस पुनः निर्वाचित, करिब ९७ प्रतिशत मत प्राप्त

LC (KTM) May 25, 2022 0

जेनेभा, ११ जेठ -विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) प्रमुख हुने पहिलो अफ्रिकी टेड्रोस अधानोम घेब्रेयसस दोस्रो कार्यकालका लागि मंगलबार पुनः निर्वाचित हुनुभएको छ । निर्वाचनपछि उहाँले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भनेर आफ्नो विगत सम्झिँदै आखाभरी आँसुसहित विश्व समुदायसँग शान्तिको लागि गरेको आग्रहले सहभागी सबैलाई भावुक बनाएको थियो।

विश्व स्वास्थ्य संगठनको मुख्य वार्षिक सभामा उहाँको पुनः निर्वाचनबारे घोषणा गरिएको हो । उहाँलाई निर्वाचन हुनका लागि आवश्यकता भन्दा अत्यधिक धेरै अर्थात् करिब ९७ प्रतिशत मत प्राप्त भएको वार्षिक सभामा जानकारी गराइएको छ । उहाँलाई मतदानमा सहभागी १६० मध्ये १५५ मत प्राप्त भएको जनाइएको छ । निर्वाचनपछि सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यो सहयोग देखेर म साह्रै विचलित छु । म डब्लुएचओको नेतृत्वमा पुनः निर्वाचत हुँदा मलाई साँच्चै गर्वको महशुस भएको छ ।”

इथियोपियाली भूतपूर्व स्वास्थ्य तथा विदेशमन्त्री कोभिड–१९ महामारीप्रति विश्वव्यापी प्रतिक्रियाको प्रमुख कारण विश्वभरि चिरपरिचित अनुहार बन्नुभएको छ । ५७ वर्षीय औलो विशेषज्ञले युक्रेनमा भएको युद्धले विश्वको परिवेशलाई असर गरिरहेको भन्दै यसबारे सम्बन्धित पक्षले जिम्मेवारीपूर्वक प्रस्तुत हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । निर्वाचनपछि उहाँले आफू विश्वमा न्याय स्थापनाका लागि प्रतिवद्ध रहने बताउनुभएको थियो ।उहाँले यसै सन्दर्भमा ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर भएको’ उद्गारलाई उद्धृत गर्दै आफूले बाँकी जीवनलाई पनि यसै भनाइबाट निर्देशित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर