नेता झलनाथ खनाल अस्पताल भर्ना — OSNepal

नेता झलनाथ खनाल अस्पताल भर्ना

LC (KTM) June 14, 2021 0

काठमाडौँ, ३१ जेठ – नेकपा (एमाले)का नेता झलनाथ खनाल थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको छ । नियमित उपचारका क्रममा अस्पताल आउनुभएका नेता खनाललाई चिकित्सकको सल्लाहअनुसार नै आज भर्ना गरिएको हो । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार कमजोरी महसुस गरेपछि उपचारका लागि आउनुभएका उहाँ चिकित्सकको सल्लाहमा नै अस्पतालमा आराम गर्नका लागि भर्ना हुनुभएको हो ।

“केही कमजोर महसुस भएपछि उहाँलाई आज अस्पताल ल्याइएको थियो”, उहाँले भन्नुभयो, “घरमा भन्दा चिकित्सकको निगरानीमा अस्पतालमा आराम गर्न सजिलो हुने भएकाले भर्ना गरिएको हो ।”उहाँले नेता खनाललाई त्यस्तो कुनै समस्या नभएको र दुई–तीन दिनपछि घर फर्किने बताउनुभयो । पूर्वप्रधानमन्त्री खनाललाई यसअघि कोभिड–१९ को सङ्क्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना गरी उपचार गरिएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर