गरुडा नगरपालिकामा एमालेले झिनो मतले विजयी भएपछि विवाद, पुन: मतगणनाको माग — OSNepal

गरुडा नगरपालिकामा एमालेले झिनो मतले विजयी भएपछि विवाद, पुन: मतगणनाको माग

LC (KTM) May 25, 2022 0

रौतहट, १० जेठ -रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले झिनो मतले विजयी भएको खबर बाहिर आएलगतै बिबाद सुरु भएको छ ।एमाले झिनो मतले विजयी भएपछि मतगणनामा धाँधली भएको भन्दै नेकपा एसले विरोध गरेको छ ।

मतगणनामा धाँधली भएको भन्दै नेकपा एसका कार्यकर्ताहरुले पुनः मतगणनाको माग गरीरहेका छन् । एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएको आधिकारीक घोषणा गर्न एसका कार्यकर्ताले अबरोध पुर्याएका छन् ।

जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवार र नेकपा एसका बृज किशोर प्रसाद यादबीच तिब्र प्रतिस्पर्धा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर