धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङको दबंग शैली , खानेपानीको मुहानमा आफै पुगेर दिए यस्तो निर्देशन — OSNepal

धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङको दबंग शैली , खानेपानीको मुहानमा आफै पुगेर दिए यस्तो निर्देशन

LC (KTM) May 25, 2022 0

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई निर्वाचित हुँदा लगाएको अबिर पुछ्न नपाई कामको मैदानमा उत्रिएका छन् । स्वतन्त्र उम्मेद्धारका रुपमा उठेर धराने जनताको बिबेकपुर्ण मतबाट निर्वाचित भएका हर्कले काम युद्धस्तरमा थालेका छन् । लामो समय देखी धरानबासीले पानी शुद्ध खानेपानी समेत पिउन नपाई रहेको बेला उनले पहिलो काम नै खानेपानीको बिस्तार बाट सुरुवात गरेका छन् ।

उनले खानेपानीको मूहान अवलोकन गरी कम्जोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन समेत दिएका छन् । उनी खानेपानीको मुहानमा आफै पुगेका थिए । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो निर्देशन दिएको जानकारी दिएका हुन् । उनले लेखेका छन्– खानेपानीको मूहान अवलोकन गरी कम्जोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो  जय धरान  ।

उनको यो दृढ संकल्पले धरान बासी ले छिट्टै पानी पाउनेमा सबै जना बिश्वस्त रहेका छन् । यस्तै उनको फेसबुकमा कमेन्ट गर्दै बिक्रम पौडेल लेख्छन्– तपाइको हरेक कदम जन्ताको मुहारमा हासो ल्याउने र सन्तुष्टि ले निदाउन बल मिल्ने छ धराने जन्ताले युग पुरुष पाएको छ जसको नेतृत्वमा धरान बदलिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर