दैलेखमा मध्यरातमा बस दुर्घटना , ४ को मृत्यु , ४७ जना घाईते , ५ को अवस्था अत्यन्तै गंभीर — OSNepal

दैलेखमा मध्यरातमा बस दुर्घटना , ४ को मृत्यु , ४७ जना घाईते , ५ को अवस्था अत्यन्तै गंभीर

LC (KTM) May 25, 2022 0

दैलेखमा मध्यरातमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतकहरुको नाम खुलिसकेको छैन । कालीकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परि ४७ जना घाईते भएका छन् । जसमध्ये ९ जनाको दैलेखमा र अन्य ३८ जनाको सुर्खेतमा उपचार भईरहेको छ । दैलखेका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार घाईते मध्ये ५ जनाको अवस्था अत्यन्तै गम्भिर रहेको छ । बसमा कति यात्रु थिए भन्ने बारे खुलिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर