गरुडा नगरपालिकामा नेकपा एमाले विजयी — OSNepal

गरुडा नगरपालिकामा नेकपा एमाले विजयी

LC (KTM) May 26, 2022 0

रौतहट, १२ जेठ:

रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएका हुन् । जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवारले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् ।

नवनिर्वाचित मेयर कखवारले ४ हजार ५ सय ६४ मत पाउँदा यादबले ४ हजार ५ सय २५ मत पाएका छन् ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसक विजयी भएको छ । कांग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २ सय २६ मतको मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् । चौधरीले ६ हजार ७ सय ३ मत प्राप्त गर्दा देवीले ४ हजार ४ सय ७७ मत प्राप्त गरिन् ।
योसँगै नेकपा एमालेले रौतहटमा तिन वटा पालिकामा जित हात पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर