काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी — OSNepal

काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी

LC (KTM) May 26, 2022 0

काठमाडौँ-गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।निर्वाचन आयोगको सूचना प्रणालीमा आज राति ८ बजेसम्ममा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका, मधेस प्रदेशमा गरुडा नगरपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिनुभयो ।
सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर