भैरहवामा महिन्द्राको एसपी सिरीज ट्याक्टर सार्वजनिक — OSNepal

भैरहवामा महिन्द्राको एसपी सिरीज ट्याक्टर सार्वजनिक

LC (KTM) May 26, 2022 0

भैरहवा, १२ जेठ:

महिन्द्राले एसपी प्लस ट्याक्टरको सिरिज सार्वजनिक गर्दै विक्रीवितरण सुरु गरेको छ । महिन्द्रा ट्याक्टरको विक्रेता भैरहवास्थित अम्बु मार्केटिङले उन्नत इएलएस इन्जिन र रिभर्स पीटीओसहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेक तथा उत्पादकत्व वृद्धि गर्ने सुविधासहितको ट्याक्टरको सिरिज सार्वजनिक गरेको हो ।

कृषि र ढुवानी उपयोगमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्यसहित कम्पनी ३० वर्ष पार गरेको अवसरमा जेठमसान्तसम्म ३० हजारको आकर्षक उपहार, ६ वर्षको वारेन्टीसहित बिक्री शुभारम्भ गरेको अम्बु मार्केटिङका संचालक पर्शुराम पराजुलीले बताए । ५ हजार बढी ट्याक्टर विक्री गरिसकेको अम्बुले विक्रीको साथ साथै सर्भिस र पार्टसको सुविधा घरसम्म दिँदै आएको छ ।

हालका लागि १७ लाख ८० हजारमा एसपी प्लस सिरिजको ५८५ डिआई प्लस पावर र माइलेजमा पनि प्लसका साथ प्रदर्शन गरिरहेको संचालक पराजुलीले बताए ।
ट्याक्टरको सिद्धार्थनगरका नवनिर्वाचित मेयर इस्तियाक अहमद खानले उद्घाटन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर