काठमाडौं महानगर-१३ मा एमाले विजयी — OSNepal

काठमाडौं महानगर-१३ मा एमाले विजयी

LC (KTM) May 26, 2022 0

काठमाडौं, १२ जेठ:

काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) विजयी भएको छ ।

एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी ३ हजार १२४ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र मानन्धनरले २ हजार ६५४ मत पाए ।

महिला सदस्यमा एमालेकी रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि एमालेकै मैयाँ देउला विजयी भएका छन् । खुला सदस्यमा पनि एमालेका रुपेश महर्जन र रामबाबु कोइराला विजयी भए ।

महानगरको अन्तिम मतपरीणाम आउन बाँकी छ । अहिले वडा नम्बर १४, १५ र १६ को मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर