एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको घरमा पस्दा एक जनाको मृत्यु — OSNepal

एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको घरमा पस्दा एक जनाको मृत्यु

LC (KTM) May 26, 2022 0

सिन्धुपाल्चोक, १२ जेठ -लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर