सौगात मल्ल र सलोन बस्नेत अभिनित चलचित्र घनचक्कर असार १० गतेबाट रिलिज हुने — OSNepal

सौगात मल्ल र सलोन बस्नेत अभिनित चलचित्र घनचक्कर असार १० गतेबाट रिलिज हुने

LC (KTM) May 26, 2022 0

काठमाडौ । इजी मनीका लागि अनेकन सपना देख्ने र सोही अनुसारका क्रियाकलाप गर्ने युवाहरूको कथामा बनेको फिल्म घनचक्करको राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।

२ मिनेट २९ सेकेन्ड लामो ट्रेलरमा युवाहरूको पैसा र प्रेम मोहलाई प्रस्तुत गरिएको छ भने सरोज खनाल, सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसीलगायतका कलाकारलाई देखाइएको छ।भट्ट एन्ड सन्स प्रोडक्सनको ब्यानरमा हरि भट्ट सँर्यनाथद्वारा प्रस्तुत, करुणा अर्याल र संगम भट्टद्वारा निर्मित तथा जितेन्द्र राजोपाध्यायद्वारा निर्देशित कमेडी जनराको फिल्ममा सरोज, सौगात, सलोन, र जेबीका साथमा कश्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुसाल, जनक घर्तिमगर, दामोदर पौडललगायतले अभिनय गरेका छन्।

अनुपम द्विवेदी, अनुप जंग खड्का र सन्तोष सेढाईं सह–निर्माता रहेको फिल्ममा कथा अर्जुन सिंहको, पटकथा र संवाद काजी लिम्बँ, संगीत विपिन आचार्य, देव कोइमी र बिजेनराजधानि दैनिकमा खबर छ । श्रेष्ठ, कोरियोग्रँफी प्रदीप श्रेष्ठ र साइमन राजवंशी, द्वन्द्व अष्ट महर्जन, छायांकन सुसन प्रजापति र सम्पादन मित्र डी गुरुङको रहेको छ। फिल्म अगामी असार १० गतेबाट रिलिजमा आउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर