इन्धनको मूल्य बढाउने सरकारको निर्णय विरुद्द कडा रुपमा लाग्यो ‘नेपाल सुशासन पार्टी’ — OSNepal

इन्धनको मूल्य बढाउने सरकारको निर्णय विरुद्द कडा रुपमा लाग्यो ‘नेपाल सुशासन पार्टी’

LC (KTM) May 26, 2022 0

काठमाडौ – नेपाल सुशासन पार्टीले पेट्रोलियम पदार्थमा मूल्य बढाउने सरकारको निर्णयको विरोधमा माइतिघरमा प्रदर्शन गरेको छ। वर्षाको बाबजुद पनिपार्टीले बुधबार साँझ आम नागरिकलाई खनिज इन्धनको बिकल्प देऊ, राज्यले इन्धनमा लगाएको अत्यधिक कर कम गर, तेल लगायत अन्य बस्तुको मूल्य घटा, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेको हो।

त्यस्तै पार्टीले गयसरी अचाक्ली मूल्य वृद्धि गर्दा स्रोतको वरिपरि बस्ने भ्रष्ट, देशघाती एवंम् नागरिक माराहरुलाई त फरक नपर्ला तर आम गरिव, मजदुर, किसान, विद्यार्थी लगायत हुँदा मात्र खाने नेपाली नागरिकको जीवन अति कष्टकर बन्न गएको भन्दै मूल्य बृद्धि तत्काल घटाउन माग गरेको छ।

खरिद मूल्यमा ठूलो रकम थप गर्दा समेत घाटा देखाउने सरकार इन्धन आयात, ढुवानी, बिकी वितरण लगायतका सम्पूर्ण विषयहरु बारे पारदर्शी रुपमा श्वेत-पत्र जारी गरेर अचाक्ली लगाइएको कर हटाई इन्धनको मूल्य घटाउन पार्टी सरकारसंग अपिल गरेको छ ।

अझ बेवास्ता गरेर यस्तै अपारदर्शी मूल्यवृद्धि गर्दै जाने हो भने यसबाट निस्कने दुखद परिणामको भागिदार सरकार नै लिनु पर्ने चेतावनी समेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर