चलचित्र ‘धाकड’ सोचे भन्दा राम्रो कमाइ गर्न नसकेपछि निरास छिन् बलिउड अभिनेत्री कंगना रनावत — OSNepal

चलचित्र ‘धाकड’ सोचे भन्दा राम्रो कमाइ गर्न नसकेपछि निरास छिन् बलिउड अभिनेत्री कंगना रनावत

LC (KTM) May 26, 2022 0

मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत अभिनीत चलचित्र ‘धाकड’ ले खासै कमाइ गर्न सकेको छैन । प्रदर्शनमा आएको चार दिनमा यो चलचित्र असफल भएको हो । स्पाई विधामा आधारित रहेको ‘धाडक’ मा अभिनेत्री कंगनाले अभ्नीको भूमिकामा देखिएकी छन् ।

जसमा उनी एक रिसाहा जासुसको चरित्रमा प्रस्तुत भएकी छन् । प्रदर्शनअघि निकै चर्चा कमाएको ‘धाकड’ बक्स अफिसमा भने असफलसिद्ध भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रदर्शनमा आएको चार दिनमा चलचित्रले केवल ९० करोड ८१ लाख भारतीय रुपैयाँको आम्दानी गरेको जनाइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतमा २२ सय फिल्म स्क्रिनमा प्रदर्शन आएको यो चलचित्र अहिले भने सौर्य दैनिकमा खबर छ । निकै कम स्क्रिनमा प्रदर्शन भइरहेको छ । सय करोड भारतीय रुपैयाँको लागतमा बनेको यो चलचित्रको समीक्षामा भने सकरात्मक आए पनि कमाइले भने साथ दिएको छैन ।

समीक्षकले दृश्यांकनका दृष्टिले ‘धाडक’ निकै सुन्दर रहेको जनाएका छन् । रजनीश घाईले निर्देशन गरेको यो चलचित्रमा अभिनेत्री कंगनासँगै दिव्या दत्त, अर्जुन रामपाल लगायतका कलाकारको प्रमुख भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर