आफु विरुद्ध तथानाम गाली गर्ने विरुद्ध नायिका करिश्मा दिइन् कडा चेतावनी, कानुनी बाटो खोज्दै — OSNepal

आफु विरुद्ध तथानाम गाली गर्ने विरुद्ध नायिका करिश्मा दिइन् कडा चेतावनी, कानुनी बाटो खोज्दै

LC (KTM) May 26, 2022 0

काठमाडौं-पछिल्लो समय नायिका करिश्मा मानन्धर चर्चा र विवादमा आइरहने नायिकामा पर्न थालेकी छन् । उनले दिएका अभिव्यक्ति विरद्ध तथानाम गाली आउन थालेका छन् । यसै बिच हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले राम्रो परिणाम ल्याउन नसकेको विषयमा उनलाई जोडेर विभिन्न नकारात्मक टिप्पणी आउन थालेपछि उनले सामाजिक संजालमार्फत आलोचकलाई चेतावनी दिएकी छन् । उनले आफूलाई गाली गर्नेहरुको विरुद्ध कानुनी बाटो रोज्ने चेतावनी दिएकी हुन् ।

उनले बिना कारण मानसिक पीडा दिने शब्द प्रयोग गर्ने अधिकार कसैलाई नभएको बताएकी छन ।सामाजिक संजालमा स्टाटस लेख्दै उनले जीवनमा कसैको नराम्रो नचिताएको, कसैको नराम्रो नगरेको र आफूसँग भएको र सकेको बाँडेको बताएकी उनले यत्रोवर्ष चलचित्रमा क्षेत्रमा काम गरेर देश र जनतालाई अभिनय पस्किएँ । कुनै चलचित्र चले कुनै चलेनन् । तर तल्लोस्तरको टिप्पणी कहिल्यै भोग्नु नपरेको उल्लेख गरेकी छन् ।

उनले भनिन् ‘ राजनीतिमा कुनै गलत अभिप्रायले पाइला राखेको होइन । जीवनभर पुग्ने सबै छ मसँग ।’ आफू राजनीतिमा सबैको आवाज बन्न केही गर्न आएको बताउँदै उनले ‘के आधारमा यो गाली गर्दै हुनुहुन्छ तपाईंहरु मलाई रु’ भन्दै प्रश्न समेत गरेकी छन् ।उनले राम्रो सोच्न, राम्रो बोल्न सबैलाई सुझाएकी छन् । उनी केही समय पहिले एमालेमा प्रेबेश गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर