दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १ गतेदेखि ओपीडी सेवा शुरु गर्ने — OSNepal

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १ गतेदेखि ओपीडी सेवा शुरु गर्ने

LC (KTM) June 14, 2021 0

तुलसीपुर, ३१ जेठ – कोरोना सङ्क्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आइसियु) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले आइसियु र ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो ।

कोरोना सङ्क्रमण घटेसँगै असार १ गतेदेखि अस्पतालले आइसियु र ओपीडी सेवा सञ्चालन गर्न थालिएको प्रतिष्ठानका उपकुलपति प्रा.डा.सङ्गीता भण्डारीले बताउनुभयो । उहाँका अनुसार पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सेवा शुरु गर्न थालिएको हो । कोरोना महामारीका कारण उपचारका लागि साधारण बिरामी आउँदा स्वयं बिरामी मात्रै आउन र अशक्त, ज्येष्ठ नागरिक र बालबालिकाको साथमा एक जना मात्रै आफन्त आउन सबैमा अनुरोध गरिएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर