सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरे : ओली — OSNepal

सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरे : ओली

LC (KTM) May 26, 2022 0

काठमाडौं १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।

सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप लगाएका ओलीले १४ दिनसम्म पनि परिणाम नआएको भन्दै निर्वाचन स्वच्छ हुन नसकेको बताएका हुन् ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन सहभागी भएका ओलीले सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको आरोप समेत लगाएका छन् ।

उनले अघि भने, ‘आज १४ दिन भयो । परिणाम किन आइरहेको छैन रु निर्वाचन स्वच्छ हुन सकेन । धाँदलीरहित हुन सकेन । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर