१३ दिन देखि ट्रमामा उपचार गराइ रहेका यी युवकको आफन्तको खोजीमा प्रहरी — OSNepal

१३ दिन देखि ट्रमामा उपचार गराइ रहेका यी युवकको आफन्तको खोजीमा प्रहरी

LC (KTM) May 26, 2022 0

काठमाडौं १२ जेठ । अन्दाजी २२ वर्षको एक युवकको विगत १३ दिन देखि काठमाडौ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

डियुटीमा खटिएको प्रहरीले कालीमाटी आसपासबाट अचेत अवस्थामा निजलाई फेला पारेको हो । प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परी निज युवकको टाउकोमो गम्भिर चोट लागेको छ ।

उनलाई उपचार गर्ने एक चिकित्सकले पनि निजको टाउकोमा रगत जमेको बताएका छन् । १३ दिनको उपचार पछि उनको अवस्था केही सहज भएपनि बोल्न नसक्ने अवस्थामा रहेको उनलाई उपचार गरिरहेका चिकित्सकले बताएका छन् । उनको परिचय पनि खुलेको छैन ।

अहिले सम्म उनको कोही आफन्त नभेटिएको र कोही पनि उनलाई खोज्न नआएको प्रहरीले जनाएको छ । उनी अहिले न्युरोसर्जरी वडाको वेड नम्बर ५३० मा आफ्नो उपचार गराइरहेका छन् । उनको आफन्तको खोजी कार्य भने भइरहेको प्रहरीले गरिहरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर