एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली — OSNepal

एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली

LC (KTM) May 26, 2022 0

काठमाडौं, १२ जेठ :

एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताइका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले एमाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताएका हुन् ।

सरकारको संयन्त्र प्रयोग निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै ओलीले सत्यको सधैँ जित हुने बताए । एमाले कुनै शक्तिसँग नझुक्ने र सत्यसँग नलड्ने दोहोर्‍याउँदै उनले सधैँ सत्यको जित हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर