आफ्नो हार स्वीकार गर्न ओलीलाई यत्रो खसखस  किन ? बरु, आरोप–प्रत्यारोप गर्नमै व्यस्त ! — OSNepal

आफ्नो हार स्वीकार गर्न ओलीलाई यत्रो खसखस  किन ? बरु, आरोप–प्रत्यारोप गर्नमै व्यस्त !

LC (KTM) May 26, 2022 0

अनुसा थापा -यो चोटिको स्थानीय चुनावमा नेकपा एमालेलाई जनताले सही ठाँउ देखाइदिएका छन् । एमालेले गरेको क्रियाकलापहरुको प्रतिफल निर्वाचनमा देखिसकेको छ । जनताले नपत्याएर हार्दा पनि एमाले सहज तरिकाले आफ्नो हार स्वीकार गर्न तयार छैन् । बरु, आरोप–प्रत्यारोप गर्नमै एमाले व्यस्त छ । के कारणले हामी हाप्यौ भनेर कारण खोज्नुको साटो अरुमाथि दोष देखाएर एमाले पन्छिन खोज्दै छ । सत्तापक्षले सत्ताको दुरुपयोग र धाँधली गरेर आफुलाई हराएको एमालेको दाबी छ । २०७४ सालमा सबै स्थानीय तहमा एमाले निर्वाचित भएको थियो । यता, संसदीय चुनाव पनि एमाले नै पहिलो पार्टी बनेको थियो ।

यी दुवै चुनाव गराउदाखेरि प्रधानमन्त्री शेरबहादुर देउवा थियो । तर, त्यतिखेरको चुनावमा कांग्रेसले हाप्यो । सत्ता नै प्रयोग गर्ने भएको भए त त्यतिखेर कांग्रेस नै सरकारमा आउनुपथ्र्यो । चाहेको भए देउवाले त्यतिखेर नै धाँधली गर्न सक्थे । तर, उनले हार स्वीकारे, आरोप लगाउने काम गरेनन् । प्रधानमन्त्री पद त्याग्ने बेलामा देउवाले एउटा महत्वपुर्ण निर्णय गरेका थिए । जनताको हितमा गरिएको निर्णय केपी ओली प्रधानमन्त्री भएर आउनेबित्तिकै उल्टाइदिए । ७० वर्षबाट घटाएर ६५ वर्षमै ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरिएको थियो । अर्कोतिर, मिर्गौला, क्यान्सर, मेरुदण्डलगायत दीर्घकालिन रोग लागेकालाई मासिक पाँच हजार रुपैंया दिने भनिएको थियो ।

यो निर्णयले धेरै गरिब र बिरामीहरु निकै खुसी भएका थिए । बिरामीहरुलाई निकै राहत भएको थियो । पाँच हजारले बिहानबेलुका पेटमा अन्न हाल्न पाइन्छ कि भनेर धेरै हर्षित बनेका थिए । देउवाको निर्णयबाट एमालेकै कार्यकर्ताहरु पनि मख्ख परेको थिए । आफ्नो आन्दोलन सफल हुने भयो भनेर खुसी भएका दीर्घकालिन रोगीहरुको एकछिनमै गुपचुप हुन बाध्य भए ।
वालुवाटार अगाडि चर्को घाममा आन्दोलन गरे । माइतीघरमा भोको पेट धर्ना बसे । केका लागि मासिक पाँच हजार । त्यसले औषधी खान भएपनि हुन्छ भन्नेमा उनीहरु विश्वस्त थिए । ७० वर्षमा दिने भत्ताको उमेर हद घटाउनुपर्छ । भत्ता बढाएर पाँच हजार रुपैंया पुप्याउनुपर्छ ।

सार्वजनिक यातायातमा भाडा छुट दिनुपर्छ भनेर पनि ज्येष्ठ नागरिकहरुले मिनभवनमा धर्ना दिएका थिए । एमालेले यसअघिको स्थानीय र संसदीय चुनावमा मासिक भत्ता बढाइदिने भनेर भोट माग्यो । त्यतिखेर सरकारले ज्येष्ठ नागरिकलाई जम्मा दुई हजार भोट दिन्थ्यो । त्यसलाई बढाएर पाँच हजार पुप्याउदौ भन्ने आश्वासन दिएर मतजति सबै आफ्नो पोल्टामा पाप्यो ।जनताको भोटबाट एमाले पहिलो पार्टी बन्यो । २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री भए । प्रधानमन्त्री भएलगत्तै देउवाको निर्णय सबै पानीमा बग्यो । ज्येष्ठ नागरिक र दीर्घकालिन रोगीको हितमा गरिएको निर्णय खारेज गरियो । कांग्रेस पार्टी जनतासामु बिक्छ भन्ने डरले यसो गरिएको प्रष्ट बुझिएको छ ।

त्यो हुनेबित्तिकै जनताको मनमा चिसो पसिसकेको थियो । उसकै कार्यकर्ताहरु नै रुष्ट भइसकेका थिए । चुनावमा देखाउछौ भनेर जनताले लिएको अठोट आखिरी पुरा गरेरै छाडे । विपक्षीहरुले सरकारको विरोध गप्यो भने सत्ता दलको सांसद्हरु वा कार्यकर्तालाई ओलीले राम्रो सिक दिए ।वालुवाटारमा बसेर विपक्षीलाई अरिगंलजस्तो धपाउन र टोक्न निर्देशन दिने पनि ओली नै हुन् । प्रधानमन्त्रीजस्तो पदमा बसेर यस्तो बोल्न नैतिकताले दिन्छ ? बुढाबुढीलाई दिएको आश्वासन पनि पुरा गरेनन् । पाँच हजार भत्ता सपनामै बित्यो । त्यहीनिर बुढाबुढीले ओली फट्टाहा रहेछन् भनेर थाहा पाए ।

आफ्नो सत्ताको दुरुपयोग गर्दै वालुवाटारमा मन्त्रीपरिषद्को बैठक गर्ने काम उनले गरे । सिंहदरबार आउन भनेपछि ओलीलाई पसिना छुट्थ्यो । यता, पार्टी कार्यालयको बैठक पनि वालुवाटारमै राख्ने, कति आनन्द ! बिरामी हुँदा पनि यहाँ उपचार गर्ने । उपचार गर्ने नाममा सरकारी ढुकुटी सकाएर विदेश जाने । आफु निकट कार्यकर्ताको घेराभित्र बस्ने । उनीहरुले जे भन्यो त्यही गर्ने । माधव नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाललाई भेट्न नदिने । उनलाई भेटनका निम्ति यीनीहरुले घण्टौं प्रतिक्षा गरेका छन् । आफ्नो सरकार टिकाउनका लागि मधेशी दलको सांसद्लाई महेश बस्नेतले घरबाटै बोकेरसमेत ल्याएका छन् ।

जन्मदिन मनाउने भन्दै जनताले तिरेको करबाट भोज गरे मोज गरे । नेपालको नक्सा बनाएर केक काटेर खाने कामसमेत नगरिएको होइन् । आफ्नो आफन्तलाई मन्त्री र राजदूत नियुक्ति गर्ने । जनताले तिरेको कर पनि आफ्नै क्षेत्रमा लगेर भ्युटावर बनाउने । अन्य क्षेत्रका लागि थोपो पनि बजेट नछुट्याउने ।कोरोना महामारीका कारण भोकभाकै मरे । महिनौदिन पैदल यात्रा गरेर आफ्नो गाँउघर फर्किए । तर, उनले केही चासो दिएनन् । मेलम्चीमा त्यत्रो बाढी आयो, पुरा बस्ती नै तहसनहस बन्यो तर त्यहाँ गएर मुन्टो हल्लाउनेबाहेक केही गरेनन् । उखान–टुक्काको गर्न आउदैमा देशको प्रधानमन्त्री बनिन्छ, केपी ज्यु ?
प्रधानमन्त्री जस्तो पदमा बसेर अलिकति जिम्मेवार बन्नुपर्ने होइन् र ? देश र जनताको विषयमा सोच्नुपर्दैन् ? कहिले वालुवाटारमा दिनभर बासुरी बजाएर बस्ने । हरेक चोटि भाषण दिदा धम्काउने खोज्ने । आफुजस्तो शक्तिशाली कोही छैनन् भन्ने घमण्ड उनीमा देखिएको थियो ।आफ्नो दाँयाबाँया एक दर्जन मान्छे बस्दैमा शक्तिशाली बनिन्छ ? आफुभन्दा शक्तिशाली जनता छन् भनेर सोच्नुपर्ने होइन् ? ईश्वर पोखरेल, गोकुल बास्कोटा, महेश बस्नेत र सुवास नेम्बाङको पछि लाग्दा ओलीको हालत यस्तो भयो । एमाले पार्टी नै तहसनहस बनेको उदाहरण सबैले पाइसकेका छन् ।

माधव नेपाल र पुपकमल दाहाललाई भित्तामा पुप्याउन खोज्दा आफु हुत्तिएको ओलीले देखेनन् । जसको कारण आज एमालेको अस्तित्व नै संकटमा परेको छ । विभिन्न रोगीलाई दिने भनेको पाँच हजार रुपैंया निर्णय भएर राजपत्रमा प्रकाशित भइसकेको छ । सो निर्णय कार्यान्वयनमा गएर उनीहरुले पैसा कमाउन पनि सुरु गरिसकेको बताइन्छ ।
उता, ६५ वर्षमा ज्येष्ठ नागरिक भत्ता दिने कुराहरु पनि सुन्नमा आइरहेको छ । जति नै उल्टाउन खोजेपनि राम्रो कामले ठाँउ पाइहाल्यो । एमालेले आफ्नो खुट्टामा आफै बञ्चरो हान्ने काम गप्यो । यो निर्णय नउल्टाएको भए अहिले पनि एमाले पहिलो पार्टी बन्थ्यो । मुलुकमा रोग र गरिब अझै पनि यथावत छ ।

हिजोको स्थिति जस्तो थियो आज पनि उनीहरुको अवस्था त्यस्तै छ । जसलाई अलिकति सहयोग गर्न देउवा लागिपरेका छन् । ओलीको बानी व्यवहार सबैले बुझिसकेको छ । जिते आफ्नो उपलब्धि नजिते धाँधली । यस्तो पनि हुन्छ ? हिजो एमाले जित्दा पनि त्यही व्यक्ति थियो अहिले पनि उही नै छ ।आफु पहिलो पार्टी हुँदा एमालेले किन एकशब्द पनि निकालेन् । त्यतिखेर पनि धाँधली भयो भनेर बोल्नुपर्थ्यो । एमालेमा बस्नेजति सबै ठग व्यक्तिका रहेछन् भन्ने जनताले बुझिसकेका छन् । अब आउने चुनावमा एमालेसंग जनतासामु जाने नारा छैन् । जनतालाई झुक्काउने बहाना पनि छैन् ।एमाले पार्टीलाई विश्वास गर्ने आधार के ? केही राम्रो काम गरेको छ एमालेले ? चुनाव अघिको फुर्ति र मतपरिणामपछिको स्थिति ठ्याक्कै मिल्दोजुल्दो छ । बैशाख ३० गतेभन्दा अगाडि फाइफुट्टी लगाउने ओली आज न्याहुरो अनुहार लगाएर हिडेका छन् । पाँच क्विन्टल एकतिर एमाले अर्कोतिर भनेर घमण्ड गर्ने ओलीको केही लागेन् ।एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिहरुले केही गर्न सक्लान भनेर कसैलाई विश्वास छैन् । मोटो रकम लिएर एमालेले टिकट दिएको सबैलाई प्रष्टै थाहा छ । अर्को पाँच वर्षपछिको चुनावमा एमालेले अहिलेको जति सिट पनि हासिल गर्न सक्दैन् । पैसाको गरेको राजनीति कति दिन टिक्छ ?

आफु प्रधानमन्त्री पदमा बसिरहन दुईचोटि सांसद् विघटन गरे । जनताले पाँच वर्षका निम्ति दिएको जिम्मेवारी तीन वर्षपनि सम्हाल्न सकेनन् । सरकारले चलाउन र मुलुकमा विकास गर्न नसकेपछि सांसद् विघटन गरेकालाई सर्वोच्च अदालतले नतिजा दियो । सर्वोच्च अहालतले प्रधानमन्त्री पदबाट हटाइदियो ।सांसद् विघटन गर्दा पनि ओली पक्षले त ठिक छ भन्दै हिडेका थिए । तर, अदालतले त सांसद व्युताइदियो । ओली वालुवाटारबाट बालकोट आउने बेलामा महेश बस्नेतले चारैपट्टिबाट घरेर ल्याएका थिए । उनले त्यतिखेर माधव नेपाललाई गद्दारसमेत भन्न बाँकी छोडेनन् । एमालेले चुनाव हार्दा खोइ त महेश ? तर, अहिले संसदमा गएर जनताले तिरेको करबाट तलबभत्ता खान र सेवासुविधा दिन महेश बस्नेत, गोकुल बास्कोटालगायतका लाई लाज लाग्दैन् । ओलीले पनि तलबभत्ता त लिइरहेका छन् नि ।यिनीहरु जागिर खान राजनीतिमा आएको जस्तो देखिन्छ । पैसा कमाउन आएका हुन् । अब मंसिरमा हुने चुनावमा एमाले तहसनहस हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर