आज गर्ने भनिएको पल शाहको थुनछेक सुनुवाइ एकाएक किन गरियो स्थगित् ? — OSNepal

आज गर्ने भनिएको पल शाहको थुनछेक सुनुवाइ एकाएक किन गरियो स्थगित् ?

LC (KTM) May 26, 2022 0

काठमाडौं-अभिनेता पल शाहको थुनछेक सुनुवाइ स्थगित् भएको छ ।मा पुर्पक्षको लागि थुनामा रहेका शाहको सुनुवाई स्थगित गर्न उनकै पक्षका कानुन व्यवसायीहरुले निवेदन दिएका हुन् । तयारी नपुगेको भन्दै निवेदकको पक्षबाट आजको सुनुवाई स्थगित गराइएको हो ।

उच्च अदालत पोखरामा शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्धय ऋषिराज भण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परको थियो । शाहका म्यानेजर कृष्ण जोशीले चलखेल गरेको भन्दै उनलाई पनि थुनामा राख्न सरकारी वकिलले निवेदन दिएको छ ।

शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटीमा थुनामुक्त गरेर मुद्दा लड्ने भन्ने सम्बन्धमा आदेश दिन आज पोखरा उच्च अदालतले पेशी तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर