म देशको पूर्व प्रधानमन्त्री लिमीजस्तो हुम्लाको दुर्गम ठाउँमा जाँदा प्रशासनसँग इजाजत लिनुपर्ने , अनि विदेशी मन्त्री आउँदा इजाजत लिनुपर्छ कि पर्दैन : ओली — OSNepal

म देशको पूर्व प्रधानमन्त्री लिमीजस्तो हुम्लाको दुर्गम ठाउँमा जाँदा प्रशासनसँग इजाजत लिनुपर्ने , अनि विदेशी मन्त्री आउँदा इजाजत लिनुपर्छ कि पर्दैन : ओली

LC (KTM) May 26, 2022 0

काठमाडौं १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अमेरिकी उपमन्त्री उज्रा जेयालाई तिब्बती शरणार्थीहरूलाई भेट्न दिएको विषय संसदमा उठाएका छन् ।

उपमन्त्री जेया तिब्बती शरणार्थी शिविरमा पुगेको विषय माथि आपत्ती जनाएका उनले एउटा सहायकमन्त्री आउँदा स्कर्टिङ दिएर गुम्बागुम्बामा कहाँ कहाँ पुर्‍याइयो , यसले हाम्रो छिमेक सम्बन्धसँगको इमान्दारिता हुन्छ कि हुँदैन भनी प्रश्न गरेका छन् ।

अस्ति लिमी भ्याली जाँदा मैले सरकारको इजाजत लिएर गएँ । म देशको पूर्व प्रधानमन्त्री, देशको बहालवाला सांसद, प्रमुख प्रतिपक्षी दलको नेता । मैले आफ्नै देशभित्र पनि प्रशासनसँग इजाजत लिएर लिमीजस्तो हुम्लाको दुर्गम ठाउँमा जानुपर्‍यो,’ ओलीले भने ।

‘अनि विदेशी मन्त्री आउँदा इजाजत लिनुपर्छ कि पर्दैन ? लिनुपर्छ भने किन दिनु भयो, कसरी दिनुभयो ? कसको पक्षमा दिनुभयो ? कसको विपक्षमा दिनुभयो ? छिमेक सम्बन्धका संवेदनशिलतालाई बुझ्नु भएको छ कि छैन ? अहिलेको सरकार र गठबन्धनले बुझ्छ कि बुझ्दैन ?’ ।

मुलुकको परराष्ट्र नीतिको असंलग्नता, न्यायोचित तटस्थता, निष्पक्षता र स्वतन्त्रतामाथि प्रहार नगर्न समेत सरकारलाई थप चुनौती दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर