एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट — OSNepal

एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट

LC (KTM) May 26, 2022 0

सप्तरी, १२ जेठ :

रूपनी गाउँपालिकाले गरिब तथा विपन्नका लागि एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने भएको छ । नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा प्रतिनिधिहरूले सपथ ग्रहण तथा पद स्थापनाका क्रममा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने र उक्त एम्बुलेन्समा ५० प्रतिशत छुट दिने घोषणा गरे ।

गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले सर्वसाधारणलाई सस्तो र सहज उपचारका लागि एम्बुलेन्सको व्यवस्था र उपचारका लागि आवतजावत गर्न गरिब, विपन्नलाई ५० प्रतिशत छुट दिने प्रतिबद्धता जनाए । हरेक वडामा बर्थिङ सेन्टर र स्वास्थ्य उपचारको व्यवस्था पनि गर्ने उनको भनाइ छ ।

रूपनी गाउँपालिकाको धार्मिक स्थल शनि मन्दिर, रूपनी माता, दिनाभद्री लगायतलाई पर्यटकीय स्थलको रूपमा चिनाउने, जिल्लामा भएको एकमात्र औद्योगिक क्षेत्रलाई व्यवस्थित गरी ठूलाठूला उद्योग सञ्चालन गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर